विराटनगरमा जेन्जी आन्दोलनको क्रममा क्युएफएक्समा आगलागी, २५ करोड क्षति

<span class='c1'>विराटनगरमा जेन्जी आन्दोलनको क्रममा क्युएफएक्समा</span> <span class='c2'>आगलागी, २५ करोड क्षति</span>

विराटनगर । जेन्जी आन्दोलनको क्रममा विराटनगरको भाटभटेनी सुपरमार्केट माथि अवस्थित क्युएफएक्स सिनेमा हलमा भीषण आगलागी हुँदा करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्युएफएक्स विराटनगरका सिनियर ड्युटी अफिसर ईशेक माझीका अनुसार दुईवटा हलसहित टिकट काउन्टर, क्याफे र अन्य सम्पूर्ण संरचना जलेर नष्ट भएको छ । “भदौ २४ गते मंगलबार जेन्जीको नाउमा अराजक समुहले भाटभटेनीमा आगजनी , तोडफोडसँगै लुटपाट मचाएका थिए, तलबाट सल्केको आगोले भवन पुरै खण्डर बन्न पुग्यो,” माझीले भने । आन्दोलित समूहमा घुसपेठ भएर तोडफोडपछि आगजनी गरेको अनुमान गरिएको छ ।

 

आगलागीका कारण हल पूर्णरूपमा सञ्चालन अयोग्य बनेको छ भने ठूलो लगानी डुबानमा परेको छ । दुईवटै हलका पर्दादेखी कुर्सीका सिटहरु खरानी भएका छन् भने प्रजेक्सनहरु सबै खरानी भएको माझीले बताए । उनले भने, अहिले हलको तल्लो भागमा सफा गर्ने काम भईरहेको छ । तलको सरसफाई भईसकेपछि माथील्लो भागको पनि सफा गर्ने काम हुनेछ ।हाल उक्त क्युएफएक्समा २१ जना युवाहरुले प्र त्येक्ष रोजगारी पाएका थिए।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्