तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण

<span class='c1'>तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त</span> <span class='c2'>संसद भवनको निरिक्षण</span>

काठमाडौं । सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरिक्षण गरेका हुन् ।

जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने बताए ।उनले भने, ‘हाम्रो जुन जलेका र भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं त्यसमा नेपालमा र विदेशमा बस्ने हरेक नेपालीले सहयोग गरेर हाम्रा संरचनाहरु पुनस्थापना गर्न सक्छौं ।’

यसैगरी अर्थमन्त्री खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुर्ननिर्माण गर्नु रहेको बताए । उनले जेनजी आन्दोलनमा क्षति कति भयो भनेर भन्न नसकिने अवस्था रहेकोले त्यसका लागि समिति गठन गर्न लागिएको बताए ।उनले भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुननिर्माण गर्ने हो । क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौं । समितिले अनुमान गर्ने छ सबै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्