विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । असोज ३ गते बिहानका राती १ बजे उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवा का देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको थियो ।
यसको जानकारी पाउनासाथ तत्काल खोजतलाशमा खटिएको प्रहरी टोलीले असोज ३ गते बिहान ३ बजे त्रियुगा–१३ फुलजोर स्थितबाट ट्याक्टर र ट्याक्टर चोरीमा संलग्न उदयपुको चौदण्डिगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डिगढी–५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दन कुमार चौधरीलाई निजहरुले प्रयोग गरेको बा ६३ प ५४७५ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।