विराटनगरको बुद्धोदय सहकारीले ५९ लाख नाफा कमायो, १३ प्रतिशत लाभांश वितरण गर्ने

<span class='c1'>विराटनगरको बुद्धोदय सहकारीले ५९ लाख नाफा</span> <span class='c2'>कमायो, १३ प्रतिशत लाभांश वितरण गर्ने</span>

विराटनगर । विराटनगर–३ उदय मार्गमा अवस्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷०८२ मा ५९ लाख ३१ हजार ६१५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा उक्त जानकारी गराइएको हो ।

साधारण सभामा संस्थाका लेखा समिति संयोजक अभिनाश कुमार निधीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्थाबारे विस्तृत जानकारी दिए । प्रतिवेदनअनुसार, सहकारीले आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यसम्ममा १२ करोड ४ लाख ८१ हजार ७२५ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । यसैगरी, आफ्ना सेयर सदस्यहरुलाई उद्यमी बनाउन तथा आर्थिक आवश्यकता परिपूर्ति गर्न १२ करोड ५५ लाख ५४ हजार ५७ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले राज्यप्रतिको दायित्व पूरा गर्दै वर्षभरिको आम्दानीबाट १४ लाख ७५ हजार रुपैयाँ आयकर समेत दाखिला गरेको छ ।

सहकारीले आर्जन गरेको नाफाबाट आफ्ना सेयर सदस्यलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसले सदस्यहरुमा उत्साह थपेको छ । हाल सहकारीमा ५३९ महिला र ४२५ पुरुष गरी कुल ९६४ जना सेयर सदस्य आवद्ध रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक कोशी प्रदेशका प्रबन्धक चिरञ्जीवी तिम्सिनाले छरिएर रहेको पूँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहकारीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले सहकारी संस्थाहरु सदस्यकेन्द्रित भई वित्तीय अनुशासन पालना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद खनालले संस्थाको समग्र प्रगति र भावी योजनाबारे प्रकाश पारे । अध्यक्ष खनालले बुद्धोदय सहकारी एक सुदृढ रणनीतिक योजनाका साथ अगाडि बढिरहेको र सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि सदैव प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामी हाम्रा सदस्यहरूको विश्वासलाई सर्वोपरि राख्दै, पारदर्शिता र सुशासनलाई आत्मसाथ गरी संस्थालाई थप उचाइमा पु¥याउन कटिबद्ध छौं ।’

साधारण सभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याएका सदस्यहरुलाई सम्मान समेत गरेको थियो । यस क्रममा १५ जना ज्येष्ठ सेयर सदस्यहरुलाई उनीहरुको निरन्तर सहभागिता र योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित हुने ज्येष्ठ सदस्यहरुमा सयन्द्र वान्तवा, कृष्ण प्रसाद नेपाल, केदारनाथ अधिकारी, सरस्वती ढुंगेल, विमला नेपाल, नरदेवी श्रेष्ठ खड्का, विष्णु कुमारी सुवेदी, तुलसी राम काफ्ले, केदार प्रसाद रिजाल, सिता देवी पौडेल, शिवराज शिवाकोटी, हजारी प्रसाद चौधरी, गिता कुमारी चौलागाई र राम कुमार भण्डारी रहेका छन् ।
त्यसैगरी, सहकारीबाट ऋण लिई उत्कृष्ट उद्यम सञ्चालन गरेका तिर्थ दर्जी र सिता केसीलाई ‘सर्वोत्कृष्ट उद्यमी’ का रूपमा सम्मान गरिएको थियो । संस्थाको प्रगतिमा उत्कृष्ट योगदान पु¥याएका कर्मचारी अमित रेग्मीलाई ‘उत्कृष्ट कर्मचारी’ बाट सम्मान गरियो । सम्मानित सम्पूर्ण व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तिम्सिना र संस्थाका अध्यक्ष खनालले संयुक्त रुपमा कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्