सरकारसँग छलफलपछि निजी क्षेत्र आशावादी

<span class='c1'>सरकारसँग छलफलपछि निजी</span> <span class='c2'>क्षेत्र आशावादी</span>

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ ।आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेतृत्वसँग छलफल गरिएको हो ।छलफलपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले निजी क्षेत्रको चिन्तालाई गम्भीरतापूर्वक लिएको जानकारी दिए ।‘जेनजी आन्दोलनको क्रममा उद्योग प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका विषयमा हामीले प्रधानमन्त्रीसँग प्रत्यक्षरूपमा कुरा राख्यौं। उहाँहरूले सम्पूर्ण इस्युहरूमाथि सकारात्मक ढंगले प्रतिक्रिया दिनु भएको छ,’ ढकालले भने ।

 

उनका अनुसार बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना समस्या तथा धारणा प्रस्तुत गरेका थिए । ‘सरकारले क्षति व्यहोरेका उद्योग तथा व्यवसायप्रति आवश्यक सघाउ गर्ने र समस्या समाधानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ,’ अध्यक्ष ढकालले भने । प्रधानमन्त्रीको आश्वासनपछि निजी क्षेत्र सकारात्मक र आशावादी बनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्