देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ

<span class='c1'>देश बचाउनको लागि संविधान खारेज</span> <span class='c2'>नगरेको हो : सुदन गुरुङ</span>

काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियान्ता सुदन गुरुङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताएका छन् । उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि गर्न सक्दिन । संविधान खारेज गर्ने कि नगर्ने? गर्यो भने के हुन्छ, हुँदैन?’तर, लिम्पियाँधुरा हाम्रो भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले संविधान खारेजको माग तत्काल अघि नबढाएको बताए । ‘जे जस्तो भए पनि लिम्पियाँधुरा हाम्रो हो भन्ने हामी सबैलाई थाहा छ । त्यसैले संविधान खारेजको माग अगाडि राख्न सकेन,’ गुरुङले भने।

 

उनले काठमाडौं केन्द्रित सोच मात्रै लिएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै देशका सबै क्षेत्र सुदूरपश्चिम, पूर्व र पश्चिमलाई ध्यानमा राखेर निर्णय लिनुपर्ने आवश्यकता औंल्याए । ‘संविधान खारेज ग¥यो भने हाम्रो लिम्पियाँधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले स्पष्ट पार्दै  भने । गुरुङले देशलाई बचाउनकै लागि संविधान खारेज नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्