दशैं लक्षित विराटनगरका यातायात व्यवसायीले थपे लगानी, यात्रुलाई सहज हुने

<span class='c1'>दशैं लक्षित विराटनगरका यातायात व्यवसायीले</span> <span class='c2'>थपे लगानी, यात्रुलाई सहज हुने</span>

प्रेम देवान
विराटनगर । हिन्दुहरुको महान पर्व दशैंलाई लक्षित गरी विराटनगरका यातायात व्यवसायीले यात्रुहरुलाई सहज बनाउनको लागि थप लगानी गरेका छन् । यात्रुहरुको चाप बढ्ने अनुमानसहित यातायात व्यवसायीले लामो तथा छोटा दुरीका नयाँ सुविधा सम्पन्न बसहरु थपेका हुन् ।
अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि दशैंमा विराटनगरबाट काठमाडौ, पोखरा, जनकपुर, बिरगञ्ज, बुटवल , भैरहवा , दाङ लगायतका प्रमुख शहरहरूतर्फ बढी यात्रुहरु आउजाउ गर्ने भएकाले व्यावसायीहरुले लगानीको बाटो अगाडी सारेका छन् । सुनौलो यातायात सेवा प्रालि विराटनगरका अनुसार यात्रुहरुको चापलाई व्यवस्थापन गर्न थप ५ देखी १० वटा भन्दा बढी नयाँ लामो तथा छोटा दुरीका सवारीसाधन परिचालन गरिने छ ।


सुनौलो यातायात सेवा प्रालि विराटनगरका अध्यक्ष राजन कंडेलका अनुसार, “दशैंमा विराटनगरबाट दैनिक हजारौँ यात्रुहरु बाहिरिने भएकाले सहज सेवा दिन व्यवसायीहरूले करोडौँको लगानीमा नयाँ बस ल्याएका छन् ।”
विराटनगर काठमान्डौँ आउजाउ गर्नको लागि यात्रुहरुको सुविधालाई मध्यनगर गर्दै ‘सुन्दर विराट सिल्पर यातायात प्रालि’ले यसपटकको दशैंमा २ वटा सुविधा सम्पन्न एयरबस संचालनमा ल्याउने तयारीमा रहेको छ । करिब डेढ करोड बढीको लगानीमा सुतेर जाने बस सञ्चालनमा ल्याउन लागेको सुन्दर विराट सिल्पर बसको लगानीकर्ता यादव घिमिरेले जानकारी दिए । उनका अनुसार, “यस अघि पनि सजिलो यातायात प्रालिले यस अघि २ वटा सुविधा सम्पन्न एयर बस संचालनमा ल्याईसकेको छ । ”


यसैविच विराटनगर कै युवा व्यावसायी भीम अधिकारीले पनि दशै लक्षित यस अघि विराटनगर टु काठमान्डौ सुविधा सम्पन्न मिनि एयर बस संचालनमा ल्याएका छन् । त्यसभन्दा अगाडी अधिकारीको टिमले विराटनगर मै पहिलोपटक एयर सिल्पर बस सञ्चालनमा ल्याएका थिए । वान प्लस यातायात प्राली विराटनगरका अध्यक्ष समेत रहेका अधिकारीले दशै पस्चात तिहारमा बस भित्र शौचालयको सुविधायुक्त बस ल्याउने तयारीमा छन् । अधिकारीले भने, “अहिले तातोपानी नाकामा गाडीको सामान अड्किएकाले आउन समय लाग्ने भएका कारण तिहार अघि नै अरु थप हाम्रा बसहरु आउनेछन् । ”
यात्रुहरुको सहजताको सिम्रिक यातायात ट्राभल्स एण्ड टुर प्रा.लिले पनि एसी एयर बस सोफा वीथ सिल्पर २ वटा भर्खरै बस संचालनमा ल्याएको छ । बसमा डवल सिट र सिंगल सहित सुविधा सम्पन्न भएको एसी बस संचालनमा ल्याएको संचालक भोजराज पराजुलीले जानकारी दिए । यात्रुहरुको सहजताको लागि काठमान्डौ विराटनगर आउने र जाने दुईवटा बस संचालनमा ल्याएको उनले बताए ।


तर यता विराटनगरदेखी पस्चिम नेपाल जाने बसको यात्रुहरु कम भएको पस्चिम नेपाल बस व्यावसायी प्रालि विराटनगरका ईन्चार्ज विकास ढुङ्गेलले जानकारी दिए । पस्चिम नेपाल जाने विच बाटोमा पहिरोका कारण अहिले विभिन्न स्थानमा बाटो अरुवद्ध भएको छ, “उनले भने यो बेला यात्रुहरुको अत्याधिक चाप हुने गथ्र्यो । ”
यातायात व्यवसायीले विराटनगर बसपार्क परिसरमा टिकट काउन्टरहरुको विभिन्न स्थानमा खुल्ला राखेका छन् । अहिले विराटनगरदेखी काठमान्डौ आउजाउको लागि १८ सयदेखी २२ सय सम्म टिकट मुल्य रहेको यातायात व्यासायीहरुले बताएका छन् । यता छोटा दुरीका यातायात व्यावसायीहरुले पनि नयाँ बसहरु थपेका छन् ।

विराटनगरदेखी पुर्वी काकडभित्ता, पस्चिम गाइघाट, सिरहा,सप्तरी,जनकपुर, विरगन्जका मुख्य शहरहरुमा जाने यात्रुहरुलाई केही नयाँ बसहरु थपेका छन् ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने यात्रुहरुलाई सुरक्षित यात्रा गर्नको लागि बसपार्कमा यात्रु सहायता केन्द्र पनि स्थापना गर्ने तयारी गरेको मोरङ ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए । यात्रुहरुको चापसँगै सडक सुरक्षाको चुनौती रहने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले भने यात्रुहरुको क्षमता भन्दा बढी चढाउन नदिने, मदिरा सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्ने र अनिवार्य जाँच गर्ने लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्