धरानमा आगजनी गर्ने १५० बढी विरुद्ध उजुरी

<span class='c1'>धरानमा आगजनी  गर्ने</span> <span class='c2'>१५० बढी विरुद्ध उजुरी</span>

सुनसरी । सुनसरीको धरानमा गत भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएका आगजनी र तोडफोड घटनामा संलग्न १५० भन्दा बढीको नाम किटान गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएको छ। एमाले, कांग्रेस र माओवादी कार्यालयमा आगजनी र निजी घरमा तोडफोड गर्नेहरू विरुद्ध छुट्टाछुट्टै उजुरी परेको प्रहरीले जनाएको छ।

 

पूर्वमेयर मनोज मेन्याङ्बो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, कांग्रेस नेताहरू उमेश थापा, सुजेन्द्र तामाङ र कार्यपालिका सदस्य सिर्जना नेपाल तथा कांग्रेस, एमाले र माओवादीले पार्टी कार्यालय जलाउनेहरूलाई तत्काल पक्राउ गरि कारबाहीको माग गर्दै उजुरी दिएका छन्। धरानमा आगजनी र तोडफोड गर्ने पत्रकार बिमल शाक्य, सङ्गितकार हेम सुब्बा, मिलन वान्तवा राई, दिपचन्द्र राई(कान्छी) लगायतको पहिचान भइसकेको छ ।

 

एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले पार्टी कार्यालय तोडफोड र जलाउनेहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्बुले समेत पार्टी कार्यालय जलाउने ४० जना पहिचान गरी उजुरी दिएको बताए।

पीडितहरूले प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वमेयर मेन्याङ्बोले उजुरी दिएर पनि आफ्नै घरमा आगजनी गर्नेहरूलाई अहिलेसम्म पक्राउ नगरिएको भन्दै गुनासो गरेका छन्। स्थानीय राजनीतिक दल र सर्वसाधारणले अराजकतामा उक्साउने र सहभागी हुनेलाई कडाभन्दा कडा सजाय दिन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले पहिचान भएका व्यक्तिहरूलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरिएको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्। उनले आगजनीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्