सोनु साह,
विराटनगर । विराटनगरको ऐतिहासिक काली मन्दिर जहाँ दशैँको बेला छुटै चहलपहल र श्रद्धाभक्तिमा तल्लिन रहन्छन श्रद्धालु । वि.स.१९७० को दशकमा साल स्थापित गरेका काली मन्दिर विराटनगर धरोहर र ऐतिहासिक मन्दिर हो । यस मन्दिरमा दशैँको बेला छुटै रौनक देखिन्छ । आस्था र श्रद्धाले भरिपुर्ण विराटनगर दैनिक भजन, झाकीकिर्तन साथै बेलुुका भव्य आरती गरेर भगवती पुकार लागाउने गरिन्छ । प्रत्येक दिन साँझमा भजनकिर्तन र आरतीपछि पर्साद वितरण गरिन्छ । कालिमन्दिरमा दैनिक जम्मा हुने भक्तजनलाई सहज बनाउन स्वयंसेवक परिचालन गरिएको छ ।

नौरथा, नवरात्र अथवा नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ । शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीलाई नवदुर्गाको नामले पुकारिन्छ। नौ दिनसम्म नवदुर्गाको महत्व र दिनका आधारमा विशेष पूजाआरधना हुने गर्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिने विश्वास छ ।

नेपालीहरुको महान पर्व बडादशैं सोमवारबाट सुरु भएको छ । आज दशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा दर्शन र आराधना गरिँदै छ। देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।

बडादशैंको पहिलो दिन घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
