नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदै

<span class='c1'>नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाको</span> <span class='c2'>पूजा आराधना गरी मनाइँदै</span>

विराटनगर । आज नवरात्रिको तेस्रो दिन हिन्दु धर्माबलम्बीहरुले घरघरमा माता चन्द्रघण्टाको पूजाआराधना गरी मनाउँदै छन् ।

नवदुर्गा देवी मध्येकी चन्द्रघण्टाको पूजा गर्नाले माताको आशिर्वाद हामीमाथि सधैँभरि रहन्छ भन्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख छ । दुःख कष्टबाट मुक्तिका लागि गाइको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गर्ने प्रचलन रही आएको छ ।

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानी पूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गा सप्तशतीको देव्या कवचमा बताइएको छ ।

नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्