विराटनगर । संघीय सरकारका मन्त्री काठमाण्डौबाट विराटनगर आउँदा विमानस्थलमा कार्यकर्ता तथा शुभचिन्तकहरुको लावालस्कर गाडी र भिड हुन्थ्यो । मन्त्री आउने भनेपछि प्रशासनिक तम्तयार पनि उतिकै देखिन्थ्यो। हातमा बुक्की र खादाहरु लिएर पुग्नेहरुले विमानस्थल खचाखच । तर बुधबार भने विराटनगर विमानस्थलको दृष्य अलिक फरक देखियो । जेनजीको आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल विराटनगर विमानस्थलमा अवतरण गरेर भिआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिएका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भिआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग गरे ।
विमानस्थलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाल लगायत उद्योगी–व्यवसायीले मन्त्री खनाललाई सामान्य रुपमा स्वागत गरेका थिए । उनको अगाडीपछाडी कुनै पनि भिआईभी सुरक्षाकर्मी थिएनन् । उनी एकदमै सामान्य रुपमा विराटनगर आएको देख्दा धेरैलाइ आश्चर्य लागेको थियो । आस्चर्
विगतमा मन्त्रीहरुको सवार र अहिलेको मन्त्रीको आवगमनले निकै फरक बनाएको थियो ।
खनालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको आन्तरिक राजस्व कार्यालय विराटनगरको भवन निरीक्षणमा पुग्दा पनि लाइनमा स्वागतका लागि उभिएका कर्मचारीबाट अौपचारिकता खोजेनन्।कार्यक्रम सकाएर आफ्नै पारामा भन्सार कार्यालय तर्फ लागे ।
त्यसक्रममा उनलाइ भिआइपी सवारी स्कर्टिङ थिएन । निजी सवारीमा दिनभर कार्यक्रममा पुगे आफ्ना विषय राखे ।