झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गएराति बिर्तामोड नगरपालिका( ७ खालबाडीस्थित नामथर वतन नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ३५ वर्षीय पुरुषलाई एउटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
हात्तीले कुल्चँदा उनको आन्द्राभुँडी बाहिर निस्की घोप्टो परेको अवस्था शव फेला परेको डीएसपी खडकाले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ।