विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर १४ जतुवाबाट जुवातास खेलिरहेको अवस्थाबाट नगद सहित ४ जनालाई बुधबार राती पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा विराटनगर १४ बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको भन्ने सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुका विराटनगर १४ का घरधनी राजेश रञ्जितकार सहित स्थानिय सानु खवास, प्रशान्त थापा र विराटनगर १६ बस्ने कैलाश डंगोललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद ८५ हजार ९ सय ८५ रुपैयाँ सहित ३ वटा मोटरसाईकल र ३वटा मोबाईल समेत नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । हिजै मात्रै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कबित कट्वालले सञ्चारकर्मीहरुको कुराकानीमा चाडपर्वको समयमा जुवा जन्य गतिविधीमा कडाई गर्ने भनेर उद्घोष गरेका थिए ।