विराटनगर ८ मा ८ जना जुवाडे नगद सहित पक्राउ

<span class='c1'>विराटनगर ८ मा ८ जना</span> <span class='c2'>जुवाडे नगद सहित पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले तास खेलिरहेको गोप्य सूचनाका आधारमा बिहीबार साँझ ६ः३० बजेतिर छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । चाडपर्व लक्षित गरी जुवा खेल्ने र खेलाउने मानिसहरु सक्रिय हुन्छन ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुर साल्पासिलिछो गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४३ वर्षीय शंकर थापा, विराटनगर–८ का ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का र मोरङ कटहरी गाउँपालिका–१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई रहेका छन् ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाको साथाबट ९७ हजार १ सय ६५ रुपैयाँ नगद र ५ बुङ तास बरामद गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको उनले बताए । अहिले चाडपर्व लक्षित गरी प्रहरी टोलीले समेत यस्ता कानुनी विपरितका काम गर्नहरुलाई कानुनी दायरामा ल्याउन सक्रिय भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्