विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीमाथी वादविवाद गर्दै हातपात गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. स्थित ७ जैन भवन अगाडि बुधबार राती ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई चेकजाच गर्ने क्रममा वादविवाद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार प्रहरीसँग वादविवाद गर्ने विराटनगर ८ का २८ बर्षिय सविन कामत र २६ बर्षिय विवेक राय पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये सविन कामतले प्रहरीसँग जाई लाग्दै हातपात गर्न खोजेको प्रहरीको भनाई छ । उनको साथमा रहेका विवेक रायलाई भने प्रहरीले छाडिदिएको छ । कामतले भने प्रहरीसँग वादविवाद गर्दै हातपात गर्न खोजेको आरोपमा अवद्र व्यवहारमा मुद्धा दर्ता भएको मोरङ प्रहरीले जनाएको छ ।