विराटनगर । कोशी प्रदेशसभाको सातौं अधिवेशन आज रातीबाट सकिदैछ । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले आजबाट प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।
गत जेठ ४ गते सुरु भएको सातौं अधिवेशनले कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेटसँग सम्बन्धित ऐन र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश टेबुल गरी पारित गरेको थियो । कोशी प्रदेश सभाका निमित्त सचिव गौतमराज आमत्यका अनुसार जेनजी आन्दोलनको नाममा कोशी प्रदेशसभामा आगजनी, तोडफोड र चोरी भएको र अझे क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जानकारी दिए । उनले प्रदेशसभाको अन्तिम ३९ औं बैठक भदौ १३ गते बसेको थियो । प्रदेशसभाको भवन पुर्णरुपमा जेनजीको आन्दोलनमा आगजनी भएर धवस्त भएको छ ।