विराटनगर। मोरङ जिल्लाको विराटनगर महानगरपालिका–११ बसपार्क क्षेत्रबाट प्रहरीले करिब ९० केजी अवैध माछा नियन्त्रणमा लिएको छ। असोज १० गते गस्तीमा खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा वेवारीसे अवस्थामा राखिएको उक्त माछा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार फेला परेका माछाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको छ।