विराटनगर । भदौ २४ गते आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी हिरासतबाट फरार भएका एक जना अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा जिल्ला, धनगढी नगरपालिका–७ बस्ने २६ वर्षीय रबिन्द्र महतो रहेका छन्। उनीमाथि लागुऔषध मुद्दा कसुर रहेको प्रहरीले जनाएको छ।
महतोलाई असोज १० गते मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आज बिहानै लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीको जिम्मा लगाई काठमाडौँ फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।