धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट गाँजा सहित एक जना पक्राउ

<span class='c1'>धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट गाँजा</span> <span class='c2'>सहित एक जना पक्राउ</span>

सुनसरी । धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले गाँजा ल्याउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा बोरा फाली भागे पश्चात उनीहरू मध्ये बिबसनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्