विराटनगरबाट झापा जाँदै गरेको बस दुर्घटना, बस कन्डक्टरसहित दुईको मृत्यु

<span class='c1'>विराटनगरबाट झापा जाँदै गरेको बस</span> <span class='c2'>दुर्घटना, बस कन्डक्टरसहित दुईको मृत्यु</span>

झापा । झापाको बिर्तामोडमा बिहीबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको । १३ जना यात्रु घाइते भएका छन् । बिहीबार बिहान ९: ३० बजे विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बर रहेको सगरमाथा यातायातको यात्रुबाहक बस बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर सुनसरीको इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका कन्डक्टर मोरङको रंगेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा रहेका छन् । मनसुइ र बिनुको टाउकोमा चोट लागेको प्रहरी भनाइ छ ।

मोरङको विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल, पाँचथरको कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बु, झापाको कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बु र ५ वर्षीय भतिजा मेङ्सो लिम्बु पनि घाइते भएका छन् ।

घाइते हुनेहरूमा विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङको फक्तालुङ–१ का राकेश लिम्बु रहेका छन् । उनीहरूको हात, खुट्टा र अनुहारमा चोट लागेकाले सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घाइतेहरुलाई तत्काल उद्धार कार्य गर्दै उपचारका लागि बिएण्डसि मेडिकल कलेजमा पठाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्