पार्टीको नीति, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्ध गर्छौं : जसपा

<span class='c1'>पार्टीको नीति, सिद्धान्त र संगठनमा युवा</span> <span class='c2'>पुस्तालाई आबद्ध गर्छौं : जसपा</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, कार्यक्रम, विचार, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्धता गर्ने भएको छ । पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आवद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्टी समितिलाई परिपत्र जारी गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

जसपा नेपालले भनेको छ, ‘जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दाहरु जसपा नेपालले पहिलादेखि नै उठाउँदै आएको धेरैजसो माग र मुद्दासँग मिल्दोजुल्दो नै छ । युवा पुस्ताहरुसँग सहकार्य गर्दै, उनीहरुलाई प्रोत्साहन र समावेशीकरण गर्दै अगाडि बढ्ने पार्टीको नीति रहेको छ ।’आजका युवा नेतृत्व वर्गलाई राजनीतिक रुपले प्रशिक्षित, सिर्जनात्मक र चेतनशील बनाई संगठित गरी नेतृत्वदायी भूमिका खेल्न सहयोग र प्रोत्साहन गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्