आजको मौसम : पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना

<span class='c1'>आजको मौसम : पहाडी र</span> <span class='c2'>तराई भू–भागमा मध्यम वर्षाको सम्भावना</span>

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिनमा गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमलगायत अन्य प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।आज राती भने, कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र कोशीलगायतका प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्