काठमाडौं । अक्टोबर ८ र ९ मा हामीले कुनैपनि तरिकाले बाढोमा उत्रेर आन्दोलन गर्ने कुनै योजना छैन् । हाम्रो देशलाई रक्तपात पुगिसकेको छ । हामीलाई रक्तपात चाहिएको छैन् । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दियो । धेरै वर्षपछि सबै नेपालीहरु एउटै झण्डामुनि साझा हिसाबले बस्न पाएका छन् । भ्रम छर्ने काम गरिरहेका छन् । भोली या पर्सि हाम्रो कुनै किसिमको कार्यक्रम छैन् ।’त्यस्तै उनले देशमा सुशासन कायम नभएसम्म कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिएर आनन्दले घरमा बस्न सबैलाई अपिल गरे ।
‘जबसम्म देशमा सुशासन कायम हुँदैन् । देशको भविष्य बन्दैन् तबसम्म आग्रह घरमा आनन्दले बस्नुहोस् । कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिनुहोस्,’ उनले भने ।