जसपा नेपालको कोशी र मधेस प्रदेश समितिको अधिवेशन हुँदै

<span class='c1'>जसपा नेपालको कोशी र मधेस</span> <span class='c2'>प्रदेश समितिको अधिवेशन हुँदै</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले दुइटा प्रदेश समितिको अधिवेशन गर्न लागेको छ ।
पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

कोशी प्रदेश समितिको अधिवेशन असोज २५ र २६ गते बिराटनगरमा हुने भएको छ भने मधेस प्रदेश समितिको अधिवेशन लागि असोज २७ र २८ गते जनकपुरधाममा हुने छ । बाँकी प्रदेश समितिहरु पनि अधिवेशनको तयारीमा जुटेको बस्नेतको भनाइ छ । जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्