अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै

<span class='c1'>अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल</span> <span class='c2'>रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै</span>

काठमाडौं । सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ ।

९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकोप्टर बिहान ७ः४१ बजे लुक्लाबाट लोबुचेका लागि उडेको थियो र अवतरणको क्रममा बिहान ७ः५२ बजे दुर्घटनामा परेको थियो ।कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको र क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ । अन्य यात्रु तथा चालकबाहेक कोही नभएको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले घटनासम्बन्धी सत्यतथ्य जानकारीका लागि पुष्टि भएका समाचार मात्र प्रचार गरेकोमा जोड दिँदै थप विवरणका लागि सर्तक रहन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्