विराटनगरकाे मेयर र उपमेयरमा मालेबाट उम्मेदवार सिफारिस

<span class='c1'>विराटनगरकाे मेयर र उपमेयरमा</span> <span class='c2'>मालेबाट उम्मेदवार सिफारिस</span>

विराटनगर, २९ चैत । सिपी मैनालीले नेतृत्व गरेको नेकपा मालेले विराटनगरको मेयर र उपमेयरका लागि उम्मेदवार सिफारिस गरेको छ ।
मालेले मेयरका लागि जिल्ला पार्टी सचिव देवी पौडेल, उपसचिव नारायाण प्रसाद चौधरी र जिल्ला सदस्य लिलोमोहन राजवंशीलाई सिफारिस गरेको छ ।
उपमेयरका लागि जिल्ला सदस्य चन्द्रकला सिवाकोटी र पानु पासवानको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । नेकपा मालेले विराटनगरमा करिब ३ हजार आफ्नो मतदाता रहेको दाबी गरेको छ ।
वडामा अहिलेको वडा नम्बर ६ आफ्नो बलियो पकड रहेको दाबी सो पार्टीका सचिव देवी पौडेलले गर्नुभयो । सो वडाका लागि पार्टीले पृथ्वीनारायण पासवानलाई अध्यक्षमा उठाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्