निजी हस्पिटलका स्वास्थ्यकर्मीको समर्थन गर्दै कोशी अस्पतालका नर्सहरु

<span class='c1'>निजी हस्पिटलका स्वास्थ्यकर्मीको समर्थन</span> <span class='c2'>गर्दै कोशी अस्पतालका नर्सहरु</span>

विराटनगर । निजी स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै विराटनगरमा नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ सङ्घको आह्वानमा सुरु भएको आन्दोलनमा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

नेपाल नर्सिङ सङ्घ मोरङको अगुवाइमा कोशी अस्पतालका नर्सहरुले अस्पताल परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नर्सको कामको सम्मान गरौँ, श्रम शोषण अन्त्य गरौँ, विदेश जाने वातावरण हटाऊ, र श्रमको अवमूल्यन नगरौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
नेपाल नर्सिङ सङ्घ मोरङकी अध्यक्ष लजिता योन्जनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालहरुले अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने बताइन् ।
यो आन्दोलनले निजी क्षेत्रमा कार्यरत नर्सहरुको दयनीय अवस्थालाई उजागर गरेको छ र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । उनीहरुले बुधबार विहान २ घन्टा धर्ना दिएका थिए । आफुहरुको माग पुरा नभए हरेक दिन धर्ना दिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्