आईसीसी क्रिकेट विश्वकप लिग–२: आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दै

<span class='c1'>आईसीसी क्रिकेट विश्वकप लिग–२: आज नेपाल</span> <span class='c2'>र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दै</span>

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको महत्वपूर्ण शृंखलामा आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल आयोजक यूएईसँग खेल्न लागेको हो ।

नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा विहान ११:१५ बजे शुरू हुनेछ ।

जारी सिजनको लिग–२ प्रतियोगितामा नेपाल र यूएई पहिलोपटक आपसमा भिड्न लागेका हुन् । तर, एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भने नेपालका लागि यूएई पूर्वपरिचित प्रतिद्वन्द्वी हो ।

नेपाल र यूएईबीच हालसम्म १५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलिएको छ । यो तथ्याङ्कलाई हेर्दा यूएईभन्दा नेपाल बलियो देखिन्छ । नेपालले नौ खेलमा यूएईलाई हराएको छ ।

यूएईले भने ६ खेलमा नेपाललाई पराजित गरेको छ । घरेलु मैदानमा नेपाली टोलीले पाँच खेल र यूएईले चार खेल जितेका छन् । नेपालले तीन खेलमा यूएईलाई उसैको घरेलु मैदानमा हराएको छ ।

यूएईले भने नेपालको घरेलु मैदानमा एक खेलमात्र जित्न सकेको छ । यसका अतिरिक्त, ‘न्यूट्रल भेन्यू’ मा नेपाल र यूएईले एक–एक खेल जितेका छन् ।

नेपाल र यूएईबीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सन् २०१८ को अगस्त ३० तारिखमा खेलिएको थियो । क्वालालम्पुरमा खेलिएको उक्त खेलमा यूएईले नेपाललाई ७८ रनले हराएको थियो ।

यी दुई टोलीबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम भिडन्त सन् २०२३ जुलाई २ तारिखमा भएको थियो । हरारेमा खेलिएको उक्त खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको थियो ।

यी दुई टोलीबीच खेलिएको पछिल्ला पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले लगातार यूएईलाई हराउँदै आएको छ । नेपाली टोलीको मनोबल उच्च बनाउन यो महत्वपूर्ण पक्ष हुन सक्छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो संस्करणमा खेलिएको यो १५औँ शृंखला हो भने नेपाली टोलीका लागि पाँचौँ शृंखला । आफ्नो पाँचौँ शृंखलाको शुरूआत नेपालका लागि सुखद् भने रहेन ।

यो शृंखलामा नेपाल र यूएईका अतिरिक्त अमेरिका पनि सहभागी छ । नेपाली टोली शृंखलाको पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनको विशाल अन्तरले पराजित भएको थियो ।

अमेरिकाका लागि भने यो शृंखला उपलब्धिमूलक देखिएको छ । अमेरिकी टोलीले दुई खेलमा जीत हात पारिसकेको छ । अमेरिकाले आफ्नो दोस्रो खेलमा मंगलबा यूएईलाई चार विकेटले हरायो ।

लिग–२ को दोस्रो संस्करणमा हालसम्म नेपाली टोलीको अवस्था खासै सन्तोषजनक देखिएको छैन । १७ खेल खेलिसकेको नेपाली टोलीले १२ अंकमात्र जोड्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्