किसान सधैं मारमा : धान रोप्ने बेलामा पानीको हाहाकार, काट्ने बेलामा पानीको अत्याचार

<span class='c1'>किसान सधैं मारमा : धान रोप्ने बेलामा</span> <span class='c2'>पानीको हाहाकार, काट्ने बेलामा पानीको अत्याचार</span>

विराटनगर । समयमै पानी नपरेर रोपाइँ गर्न धौ–धौ परेका किसान अहिले भने काट्न ठिक्क पारेको धान अविरल बर्षाले गर्दा नष्ट पारिदिएपछि किसानहरु चिन्तित बनेका छन् ।


बिहीबारदेखीको अविरल बर्षाले गर्दा खेतमा पानी पसेपछि पाकेका धान बाली नष्ट हुने क्रम बढेपछि किसानहरु मर्कामा परेका हुन् । बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” प्रणालीको कारणले नेपालमा पनि यसले ठुलो प्रभाव पारेसँगै यहाँ काट्न ठिक्क पारिएका धानहरु खेतमा डुवेका छन् ।
रोपाइँको समयमा पानीको अभावले धानका विउ सुकेर नष्ट हुन्थे भने अहिले काट्ने समयमा पानी परेपछि खेतमा पानी जमेर बाली कुहिन थालेको किसानहरूको गुनासो छ । मोरङ, सुनसरी, झापा लगायत तराईका अधिकांश जिल्लामा काट्न ठिक्क पारिका धानका बाली ढलेर पानीमा नष्ट भएका छन् ।


विराटनगर–१२ बखरीका किसान रामचन्द्र महतो भन्छन, “रोप्ने बेला पानीको अभाव भयो, अब काट्ने बेला पानीले नै धानका बाली नष्ट गर्न थाल्यो ।” उनका अनुसार करिब २ विगाहमा लगाएको धानका बाली भिजेर नोक्सान भएको छ । किसानहरूले हरेक वर्ष यस्तै समस्या दोहोरिनुमा मौसम पूर्वानुमान र सिंचाइ प्रणालीमा कमजोरी देखाउँछन् । “कहिले सुख्खा, कहिले बाढी — हामी किसान सधैं मारमा पर्छौं,” विराटनगर– १६ दरैयाकी किसान सीता महतोले भनिन् । उता मोरङको सुन्दर हरैचामा यसपटक सबैभन्दा बढी पानी परेको छ ।

मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दरहरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको सुन्दरहरैँचामा मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । त्यसक्षेत्रका धानबाली पनि सबैभन्दा बढी नष्ट भएको अनुमान गरिएको छ । किसानहरुले केहीदिन अघि मात्र काटेर खेतमा रोखिएको धानहरु सबै भिजेर नष्ट भएको छ । जसले गर्दा यसपटक धान उत्पादनमा कमि आउने देखिएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार अझै भोली शनिबार विहान सम्म बर्षा हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्