सेवा अवरोध भएर नविकरण म्याद गुज्रेका सवारी र लाइसेन्स जरिवाना मिनाहा

<span class='c1'>सेवा अवरोध भएर नविकरण म्याद गुज्रेका</span> <span class='c2'>सवारी र लाइसेन्स जरिवाना मिनाहा</span>

विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनपछि कार्यालय बन्द रहेर सवारी साधन अनुमति पत्र (लाइसेन्स) नविकरणको म्याद गुज्रेर लाग्ने जरिवाना मिनाहा गर्ने भएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका कारण रोकिएका सवारीसाधन र चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणमा जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार सेवा सुचारु नहुने अवधिलाई ‘शून्य समय’ मानेर जरिवाना लाग्ने छैन ।प्रदेशका इटहरी र विर्तामोडबाहेकका सबै यातायात कार्यालयले सोमबार (कात्तिक १७ गते) देखि सेवा सञ्चालन गर्ने छन् । आन्दोलनका क्रममा पूर्ण क्षति भएका इटहरी र विर्तामोड कार्यालयमा भने सूचना प्रकाशित भएपछि मात्रै सेवा सुरु हुनेछ । लाइसेन्स प्रणाली भने सर्भर नचल्दा स्थगित रहेको मन्त्री भण्डारीले बताए ।

‘सेवा सुचारु नहुँदासम्म नागरिकलाई जरिवानाको बोझ नपरोस् भन्ने सरकारले यस्तो नीति लिइएको हो । बैठकले जेनजी आन्दोलनबाट क्षति भएका संरचना मर्मत–सम्भार र पुनःनिर्माणको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिएको छ । आवश्यक परे नयाँ सवारी खरिद वा मर्मतपछि सञ्चालन गर्ने, बीमाबाट क्षतिपूर्ति प्रक्रियासमेत अघि बढाउने निर्णय पनि भएको छ ।त्यसैगरी, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत अस्थायी कर्मचारीका दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रका विभिन्न प्रशासनिक र विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश सरकारले स्थापना गरेको शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि कार्यविधि स्वीकृत गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीका अनुसार कार्यविधि स्वीकृत भएपछि अब केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्