बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै नेपाल राष्ट्र बैंक

<span class='c1'>बैंकिङ प्रणालीबाट आज ४० अर्ब</span> <span class='c2'>निक्षेप झिक्दै नेपाल राष्ट्र बैंक</span>

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ ।

अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापनका गतिविधि गर्दै आएको छ । सोही क्रमअनुसार आज पनि अनलाइन बिडिङ सिस्टममार्फत रकम निक्षेप संकलन गर्न लगिएको जनाइएको छ । अनलाइन बोलकबोल मार्फत आज दिउँसो ३ बजेदेखि देखि सबै इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी आह्वान गरिएको कुल रकमभित्र आवेदन दिन सक्नेछन् ।

निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ । क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा सहभागिता जनाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्