सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

<span class='c1'>सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय</span> <span class='c2'>प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा</span>

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा निर्देशनालयका योजना प्रमुख तथा कृषि अर्थविज्ञ विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा–२ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सल्टेन्ट कम्पनीका प्रोप्राइटर हरिशकुमार सिंह समेतलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती आठै जनामाथि ६ लाख ९० हजार ६५७ रुपैयाँ बराबरको आर्थिक बिगो कायम गरी विशेष अदालतमा मङ्गलबार मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्