जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ : सन्तोष परियार

<span class='c1'>जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक</span> <span class='c2'>दलले लिनुपर्छ : सन्तोष परियार</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति ः सच्चिदै कि सक्किदै दल ?’ विषयमा आयोजित बहस कार्यक्रममा बोल्दै उनले जनताको भावना अनुसार काम गर्न नसक्दा हालको जटिल अवस्था जन्मिएको स्पष्ट पारे । उनले भने, ‘जेनजी आन्दोलनको घटनाको सबै जिम्मेवारी हामी राजनीतिक दलहरूले नै लिनुपर्छ । पाँच महिनामै पार्टी खोलेर यहाँसम्म आउनु चमत्कार नै हो । जनताले विश्वास गरेर हामीलाई अघि सारे, तर हामीले उनीहरूको माग पूरा गर्न सकेनौँ।’ परियारका अनुसार भ्रष्टाचार, नाताबाद–कुशासन र असक्षम नेतृत्वविरुद्ध जनताले कठोर प्रतिक्रिया जनाए पनि दलहरूले सुधारको गतिलाई तीव्र बनाउन सकेनन् । ‘हामी सबै राम्रो गरेका छौँ भन्ने दाबी गर्दिन। अनुशासन र स्पष्ट विचारविना राजनीति सफल हुँदैन भन्ने हामी मान्छौँ,’ परियारले भने ।

जनताले लामो समयदेखि आफू र आफ्नै पुस्तालाई राज्य प्रणालीले बाँधेर राखेको महसुस गरेको उल्लेख गर्दै उनले जेनजी आन्दोलनको मूल मर्म परिवर्तनको चाहना भएको बताए । ‘एकै व्यक्ति पटक–पटक नेतृत्वमा बस्नु हुँदैन भन्ने धारणा जेनजीले स्थापित गरिदियो । दलहरूले राज्य संस्थामा लगाइरहेको ढोकछोप प्रणाली पनि खारेज गरिदियो,’ उनले थपे । उनले जेनजी आन्दोलनले पुरानो राजनीतिक अभ्यासलाई अस्वीकृत मात्र गरेको र अब नयाँ व्यवस्था स्थापित गर्ने जिम्मा राजनीतिक दलकै भएको बताए ।‘भ्रष्टाचार, नातावाद, कुशासन–सबै कुरा जनताले खारेज गरिसके । अब स्थापित गर्ने काम हाम्रो हो । देश र जनताको हितमा हामी सबैसँग सहकार्य गर्न तयार छौँ,’ परियारले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्