काठमाडौं । नेता महेन्द्र राय यादवले अहिले संविधान कठिन रहेको बताएका छन् । बुधबार १० राजनीतिक दलबीच बृहत एकता घोषणा कार्यक्रममा बोल्दै उनले अहिले संविधान धेरै नै कठिन अवस्थामा रहेको बताएका हुन् । उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए । उनले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताए ।
‘अहिले संविधान बहुत कठिन अवस्थामा छ यो अवस्थाबाट बचाउ गर्नको लागि स्वार्थी पूर्ण देशमा पुर्नउठानवादी शक्तिहरु प्रतिगामी शक्तिहरु सलबाई रहेका छन् । उसको उदेश्य नेपालको संविधानलाई समाप्त गर्ने, उलंघन गर्ने छन् । यो देशमा भएको उपलब्धिलाई सार्वजनिक गर्नको लागि कम्युनिष्ट पार्टी हामी यो १० पाण्ड्व त ५ भैदियो हामी त यहाँ १० भाई खडा भएका छौँ । अब हाम्रो जित निश्चित छ । त्यसैले यो सबै न्यायको लडाई हो,’ उनले भने । उनले मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पु¥याउनुपर्ने भन्दै जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइदिएको बताए ।
‘अब अहिलेको समय मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पु¥याउनुपर्ने हुन्छ । जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइ सकेको छ,’ उनले भने ।