प्रेम देवान
विराटनगर । मोरङको कटहरी १ जम्टोकी स्थित ‘फलफूल तथा कृषि थोक बजार’ क्षेत्र लामो समयदेखी प्रयोगविहीन रहेको थियो । तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको उक्त क्षेत्र लामो समय सम्म प्रयोगविहीन हुँदा राज्यलाई ठुलो घाटा लागिरहेको थियो । यद्यपी उक्त स्थानमा भने कटहरी गाँउपालीका र विराटनगर महानगरपालीकाले साप्ताहिक रुपमा तरकारी तथा फलफुल बेच्नको लागि प्रयोगमा दिएको थियो । साप्ताहिक रुपमा लाग्दै आएको हाटबजारबाट भने कटहरी गाँउपालीकासँग ठेगदारले सम्झौतागरी व्यापारीहरुबाट बट्टी उठाउदै आएको छ ।

तर अब कोशी प्रदेशसभा र सचिवालय सञ्चालनका लागि नयाँ थलो बन्ने तयारी भइरहेको छ । प्रदेश सरकारले हालको कृषि थोक बजार परिसरलाई अस्थायी रूपमा प्रदेशसभा भवन र सचिवालय सञ्चालनका लागि प्रयोग गर्ने तयारी गरेको हो ।
हालको प्रदेशसभा भवन गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा ध्वस्त भएपछि प्रदेशसभाको बैठक र सचिवायल कहाँ राख्ने भन्ने विषयमा लामो समय सम्म अन्यौता छाहिरहेको थियो ।
यसका लागि प्रदेश सभा सचिवाय र मन्त्रीपरिषदको कार्यालयले विराटनगरका विभिन्न स्थानहरुमा खोजी कार्य गर्यो । तर भने जस्तो उपयुक्त स्थान नभेटेपछि अनन्त कटहरीमा रहेको कृर्षी बजारलाई नै वैकल्पिक स्थानको प्रयोग गर्ने तयारी भएको प्रदेश सचिवालयका कर्मचारीले बताएका छन् ।

करिब १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँमा निर्मित उक्त संरचना निःशुल्क रूपमा प्रदेशसभा सञ्चालनका लागि दिने निर्णय गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताएका छन् । उक्त क्षेत्र पर्याप्त खुला मैदान, सहज पहुँच र पूर्वाधारयुक्त भएको कारण त्यसलाई नै प्रयोग गर्ने लगभग निस्चित देखिएको छ । उत्त स्थानको केहीदिन अगाडी कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले अवलोकन समेत गरिसकेका छन् । त्यस लगत्यै प्रदेश सचिवालयले सरसफाईका कर्मचारीहरु लगाएर उक्त स्थानको सरसफाईका कामहरु अगाडी बढाएको छ । प्रदेशसभा बैठक भने मिनि हलमा राख्ने तयारी भएको सचिवालयले जनाएको छ ।
तर यता लामो समयदेखि कटहरी र विराटनगरका व्यापारीहरुले साप्ताहिक रुपमा तरकारी हाटबजार लगाउदै आएकाछन् । हरेक बुधबार र शनिबार गरी हप्तामा दुईपटक हाटबजार लाग्दै आएको छ । उनीहरु भने यस अघि विराटनगर महानगरपालीका नजिकै रहेको शनिहाट र कटहरीको रेल्वे स्टेशनमा साप्ताहिक रुपमा हाटबजार लगाउदै आएका थिए । विराटनगर महानगरपालीकाले शनिहाटमा सवारीआवगमनमा समस्या आएपछि उक्त स्थानमा लागेको थियो भने उता कटहरीले पनि सोही स्थानमा प्रयोग लगाएको थियो ।

तर अहिले सो ठाँउमा प्रदेशसभा बैठक संचालन गर्ने तयारी गरिरहँदा भने तरकारी तथा फलफूल व्यापारीहरू भने अन्योलमा परेका छन् । बुधबार हटियामा भेटिएका तरकारी व्यापारी राजेशकुमार साह भन्छन् , “शनिहाटबाट हामी यहाँ आयौ अब फेरी कहाँ जाने ? उनले भने, अब हामीलाई उचित व्यावस्थापन गर्नुपर्यो ।’’
लामो समयदेखी हटियामा तरकारी बेच्दै आएका तरकारी व्यापारी सुरज राय भन्छन्, अहिले अचानक प्रदेशसभाका लागि यो ठाउँ खाली गर्ने भन्ने कुरा सुनिदैछ यसले गर्दा हाम्रो व्यावसाय चौपट हुने देखियो अब हामी कहाँ जाने ? सरकारको विकल्प र व्यवस्थाबिना बजार हटाइँदा हाम्रो रोजीरोटी खोसिनेछ ।”

हटियामा आएका अधिकास व्यापारीहरुको भनाई तथा माग एउटै छ — “प्रदेशसभा सञ्चालन गर्न रोकौं भन्न खोजेका होइनौं, तर हामीलाई पनि वैकल्पिक बजारको व्यवस्था गरियोस ।” यस विषयमा कटहरी गाउँपालिकाका, विराटनगर महानगरपालीका र प्रदेश सचिवालयले व्यापारीहरूको समस्या समाधानका लागि के कस्तो पहल गर्ला त ।