विराटनगर । एम्बुलेन्समा विरामी बोकिन्छ तर यहाँ एम्बुलेन्सको दुरपयोग गरी गाँजा बोक्ने गरेको भेटिएको छ । यसरी एम्बुलेन्स बोक्ने गाडीमा गाँजा विराटनगरको बाटो हुदै भारत तर्फ लैजादै गर्दा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले एम्बुलेन्स चालक सहित दुई जनालाई नियन्त्रयमा लिएको छ ।


सिरहाको सुखीपुर १९ (दहपौडी) को नेपाल रेडक्रस सोसाइटी लेखिएको गाडी बुधबार राती १० बजेको समयमा मोरङको जहदा ३ बाट ३३ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । ्प्रहरीले एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई एस्कर्टिङ गरिरहेको मोटरसाइकल चालक जहदा ३ – का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रवक्ता कोपिला चुडालले जानकारी दिनुभयो ।