शरद भेषवाकरको अन्तर्राष्ट्रिय क्रिकेट खेलजीवनबाट सन्न्यास

<span class='c1'>शरद भेषवाकरको अन्तर्राष्ट्रिय</span> <span class='c2'>क्रिकेट खेलजीवनबाट सन्न्यास</span>

नेपाली राष्ट्रिय क्रिकेट टिमका शरद भेषवाकरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् ।

आक्रामक फिनिसरका रूपमा परिचित शरदकै प्रेरणादायी प्रदर्शनमा नेपालले सन् २०१४ को विश्वकपमा स्थान बनाएको थियो । उक्त विश्वकप छनोटमा शरदले ४६.६६ को औसतमा १४० रन बनाएका थिए ।

उनले सन् २०१२ मा हङकङविरुद्धको ट्वान्टी–२० खेलमा नेपाली सिनियर टिममा ‘डेब्यु’ गरेका थिए । उनले २०१४ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका थिए ।

शरदले अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा पनि सन् २०१४ मा डेब्यु गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ को विश्वकपमार्फत नेपालबाट डेब्यु गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै करियर थालेका थिए ।

“नेपाली क्रिकेट र सबैमा धन्यवाद छ,” शरदले आइतबार (कात्तिक २३) बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

हङकङमा भएको हङकङ अन्तर्राष्ट्रिय सिक्सेसमा आज नेपालले आफ्नो अन्तिम खेल खेलेपछि शरदले आधिकारिक रूपमा राष्ट्रिय टिमबाट बिदा लिएका हुन् । प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा शरद एकपटक मात्र राष्ट्रिय टिमको जर्सीसहित प्रतिस्पर्धामा उत्रिए । उनले प्रतियोगिताको बल लिगमा श्रीलंकाविरुद्ध खेल्दा एक रन मात्र जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्