शिक्षादीप कलेजमा ‘विश्व विज्ञान’ दिवसमा निबन्ध प्रतियोगिता

<span class='c1'>शिक्षादीप कलेजमा ‘विश्व विज्ञान’</span> <span class='c2'>दिवसमा निबन्ध प्रतियोगिता</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । ‘सामञ्जस्यताको लागि नवप्रवर्तन, शान्तिको लागि खोज’ शीर्षकमा केन्द्रित रही सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसार, प्रतियोगितामा विज्ञान संकायका ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । ‘शिक्षादीप कलेजले विभिन्न दिवसहरूमा कार्यक्रम आयोजना गर्दै आएको छ । यसले विद्यार्थीहरूलाई महत्वपूर्ण दिनहरूको बारेमा जानकारी गराउनुका साथै उनीहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दछ ,’ उनले भने । कलेजले हरेक वर्ष अन्तर्राष्ट्रिय विज्ञान दिवसमा पनि यस्तै प्रतियोगिताहरू आयोजना गर्ने गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कलेजका निर्देशक रामचन्द्र अधिकारीले विश्वमा शान्ति स्थापना हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘नवप्रवर्तन र आविष्कारले मानव–मानव बिचमा मेलमिलाप बढाउनुपर्छ । यो शान्ति मानव समाजमा मात्र सीमित नभई सम्पूर्ण धर्तीमा कायम हुनुपर्छ ।’ उनले नयाँ पुस्तालाई यसतर्फ खोज र अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्