विराटनगर । ग्रीनल्याण्ड कलेजले विज्ञान संकाय तर्फ कक्षा ११ का विद्यार्थीहरूलाई एक दिने बायोलोजिकल एक्सकर्सन (Biological Excursion) कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीहरूले मोरङ जिल्लाको प्रसिद्ध बेतना सिमसार क्षेत्र अवलोकन गर्दै त्यहाँको पारिस्थितिक प्रणाली (Ecosystem) सम्बन्धी अध्ययन गरेका छन्।






अध्ययनका क्रममा विद्यार्थीहरूले सिमसार क्षेत्रमा अवस्थित जंगलको घनत्व (Forest Density) नापेका थिए। साथै, सो क्षेत्रको जंगली माटोको तापक्रम (Soil Temperature) समेत मापन गरिएको थियो। बेतना सिमसार अवलोकन पछि टोलीलाई लेटाङ सामुदायिक वन तर्फ लगिएको थियो, जहाँ विद्यार्थीहरूलाई विभिन्न वनस्पति संकलन गरी हर्बेरियम (Herbarium) बनाउन सिकाइयो।
त्यसका साथै विद्यार्थीहरूले पिउने पानी र खोलाको पानीको pH value, Total Dissolved Solids (TDS) र Conductivity value मापन गरेका थिए। सो अध्ययनबाट खोलाको पानीको क्षारिय अवस्था (alkaline condition), तथा पिउन योग्य छ वा छैन भन्ने तथ्याङ्क पत्ता लगाउने प्रयास गरिएको थियो।