विराटनगर । विराटनगरको बरगाछीमा आज साँझ भएको सवारी दुर्घटनामा मृत्यु हुने महिलाको पहिचान खुलेको छ । उनी सर्लाही हरिपुर १ बस्ने ४५ बर्षिया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीबाट उनका श्रीमान् विमल कोईरालासँग विराटनगर आउनेक्रममा केहीबेर अघि भारतीय नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो । घाईते श्रीमान्को भने कोशी अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ । भारतिय नम्बरको ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको छ ।