नौमहिनापछि कोशी प्रदेशसभाले पायो नेतृत्व, सचिवमा सुदर्शन खड्का

<span class='c1'>नौमहिनापछि कोशी प्रदेशसभाले पायो</span> <span class='c2'>नेतृत्व, सचिवमा सुदर्शन खड्का</span>

विराटनगर । तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि ९ महिनादेखि नेतृत्वविहीन प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त भएका छन् । कोशी प्रदेश सभाको सचिव पदमा खड्कालाई नियुक्त गरिएको हो । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् ।

संघीय संसद सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका उनी कोशी प्रदेशसभाको सचिवको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रदेश सभाका सूचना अधिकारी निरज ढकालका अनुसार खड्काको शपथग्रहण बुधबारलाई नै तय गरिएको छ । कोशी प्रदेशसभा गत भदौ २४ गते लुट्ने र जलाउने कार्य भएपछि त्यसको विकल्पमा कटहरी गाउँपालिका १ स्थित जम्टोकीको कृषि बजारमा स्थान्तरण गर्ने तयारी गरिएको छ ।

अस्तव्यस्त स्थितिमा रहेको प्रदेशसभा सम्हाल्नका लागि खड्का नियुक्त भएका छन् । उनी संघीय संसदमा समेत अनुभव लिएका व्यक्ति हुनाले केहि सहज हुने बुझाई राखिएको छ । यस अगाडीका पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा गराएर शेरधन राई नेतृत्वको सरकारले पुरस्कार दिएको थियो । तर, उनीविरुद्ध पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतले ६ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका थिए । भ्रष्टचारी ठहर हुँदा समेत एमालेका नेताहरुले उनलाई एमालेमा आएर राजनीति गर्न आग्रह गरेको चर्चा थियो ।

अहिले सचिवमा नियुक्त भएका खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का हुन् । उनी २०७७ साल जेठ ३० गतेदेखि २०८२ साल जेठ २१ गतेसम्म संघीय संसद सचिवालयमा सचिवका रूपमा कार्यरत थिए । संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि रिक्त भएको पदमा उनी बढुवा भएका थिए ।
खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक ९एक वर्षे बीएड० गरेका छन् । खड्काले भारत, श्रीलङ्का, जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङलगायत देश भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्