दमक, सुरुङ्गा र अनमारमनी प्रहरी कार्यालय जलाउने १६ जना पक्राउ

<span class='c1'>दमक, सुरुङ्गा र अनमारमनी प्रहरी</span> <span class='c2'>कार्यालय जलाउने १६ जना पक्राउ</span>

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा अपराधिक उपद्रव मच्चाउनेहरु पक्राउ पर्न थालेका छन् । प्रहरीले पहिलो चरणमा प्रहरी कार्यालयहरुमा तोडफोड गर्ने, हतियार लुट्ने, आगजनी गर्ने र प्रहरी सदस्यमाथि आक्रमणमा उत्रनेहरुको पहिचान गरेर नियन्त्रणमा लिन थालेको हो । कोशी प्रदेश प्रहरी कार्यालयले बुधबार प्रेषित गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय दमक, अनारमनी र सुरुङ्गामा तोडफोड, आगजनी हतियारहरु लुटपाट तथा उपद्रव गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

जसमा दमकबाट हातहतियारहरु लुटपाट गर्ने इलाम चुलाचुली गाउपालिका–३ पेल्टीमारीका १९ बर्षीय सुजल राई, दमक नगरपालिका–७ का १९ बर्षीय गणेश शर्मा पक्राउ परेका छन् । उनीहरुलाई हातहतियार तथा खरखजना र चोरी तथा डाँका सम्बन्धी कसुर अनुसन्धान सुरु गरिएको छ । यसैगरी कार्यालयमा ढुंगामुढा, तोडफोड, आगजनी गर्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भई दमक नगरपालिका–१ बस्ने २१ बर्षीय साजन लुहागुन, दमक–३ का १९ बर्षीय रियाज सिलवाल, इलाम चुलाचुली–३ का २२ बर्षीय नकुल अधिकारी, दमक–१ का ३४ बर्षीय दिपचन महतो, दमक–६ का २४ बर्षीय लोमस कटुवालको आपराधिक उपद्रव सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको । यसैगरी दमक नगरपालिका–३ स्थित भुटानी शर्णार्थी सुरक्षा वेश क्याम्पमा रहेको सशस्त्र प्रहरी बलको राईफल लुटपाटमा संलग्न पाँचथर फाल्गुनन्द गाउँपालिका–७ घर भई दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्वुको हात हतियार खर खजना सम्वन्धि कसुरमा थप अनुसन्धान भईरहेको ।

यसैगरी झापा कन्काई नगपालिका–३ स्थित रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाको कार्यालय भवन, साना ठुला सवारी साधन, संचार सेट तोडफोड तथा आगजनी गर्ने झापा शिवसताक्षि नगरपालिका–१० का ३१ बर्षीय संजय बस्नेत, २५ बर्षीय कुशल तिम्सिना र कन्काई नगरपालिका–३ बस्ने २५ बर्षीय बिष्णु विश्वकर्मालाई पक्राउ गरी अपराधिक उपद्रव गर्न नहुने कसुरमा थप अनुसन्धान सुरु गरिएको हो ।

झापाको इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यालय तथा साना ठुला सवारी साधनमा ढुंगामुढा, तोडफोड, आगजनी गर्ने तथा प्रहरी कर्मचारीलाई ज्यान मार्ने उद्धेश्यले बाँसमा डोरीले बाँधी अमानवीय तवरले झुण्ड्याई विभिन्‍न स्थानामा घुमाउने व्यक्तिहरु समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २२ बर्षीय राजन चौधरी, २० बर्षीय आयुस धिमाल, कनकाई नगरपालिका–१ का ४२ बर्षीय गोपाल संग्रौला, अर्जुनधारा–७ कि २४ बर्षीया पुजा मगर, २८ बर्षीय सुरज मगर र सुनसरी हरिनगर–१ का २२ बर्षीय साहिल अन्सारीलाई अपराधिक उपद्रव गर्न नहुने कसुरमा । यसैगरी बिर्तामोड नगरपालिका–५ का २६ बर्षीय नवराज राईलाई ज्यान मार्ने उद्योगमा कारवाही तथा थप अनुसन्धान भइरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्