आठ महिनापछि विराट गोल्डकपको खर्च सार्वजानिक, दशौं संस्करणको छैन टुङ्गो

<span class='c1'>आठ महिनापछि विराट गोल्डकपको खर्च</span> <span class='c2'>सार्वजानिक, दशौं संस्करणको छैन टुङ्गो</span>

विराटनगर । विराटनगरमा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको नवौ संस्करणको विराट गोल्डकपको खर्च आठ महिनापछि बिहीबार सार्वजानिक गरिएको छ । विराटनगरको सहिद रंगशालामा सम्पन्न नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजक समितिले तीन लाख नाफा आर्जन गरेको जानकारी दिइएको हो । नवौं संस्करण उद्योगी नविन रिजालको संयोजकत्वमा भएको थियो । सातौं र आठौमा घाटा सहनु परेपनि रिजाल नेतृत्वले भने मुनाफा आर्जन गरेको विवरण सार्वजानिक गरिएको छ ।

विराटनगर फुटबल ट्रस्टले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ९४ हजार ३७४ रुपैयाँ वचत भएको जानकारी दिइएको हो । संयोजक रिजालले टिकट बिक्री कमजोर हुनु र धेरै पास वितरण गर्नु नाफा घट्ने प्रमुख कारण भएको बताए। रिजालले खेलकुदको विकासका लागि दर्शक र महानगरवासीले सक्रिय सहयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले दशौं संस्करणको प्रतियोगिता बारे अहिले निर्णय भईनसकेको बताए । उनले सरकारी र निजी क्षेत्रले आश्वासन दिएजस्तो सहयोग नपाउँदा प्रतियोगिताको नियमितता संकट पर्ने गरेको गुनासो गरेका छन् । नवौं संस्करणको गोल्डकपमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी र १ करोड ४ लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्