कोशीका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो चढ्ने सरकारी गाडीको ठक्करबाट एकजनाको मृत्यु

<span class='c1'>कोशीका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो चढ्ने</span> <span class='c2'>सरकारी गाडीको ठक्करबाट एकजनाको मृत्यु</span>

विराटनगर । कोशी प्रदेश सांसद एवं नेपाली कम्युनिष्ट पार्टीका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको प्रदेशसभाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तत्कालिन नेकपा माओवादी संसदीय दलका नेता आङ्बोले चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीले बिहीबार ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीलाई ठक्कर दिएको हो ।

दुर्घटना हुँदाताका आङ्बो भने गाडीमा नभएको दावी गरिएको छ । मोरङ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता कोपिला चुँडालले कोशी प्रदेशसभाको सरकारी गाडीले को ९ प ७९ नम्बरको मोटरसाइललाई ग्रामथान–५ ककडमाडाीमा ठक्कर दिएको थियो । त्यस क्रममा मोटरसाइकलमा सवार चौधरी गम्भीर घाईते भएका थिए ।

घाईते उनको स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम भर्ना गरिएकामा ३ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । आङ्बो माओवादी कोशी प्रदेश संसदीय दलका नेता हुन् । उनी यस अगाडी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत दोहोरिएर बनेका थिए । मोटरसाइकललाई ठक्कर दिने गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडी तिव्र गतिमा रहेका कारण दुर्घटना भएको बताइएको छ । स्थानीयले यो घटनामा संलग्नलाई हदैसम्मको कारवाही माग गर्ने तयारी गरेका छन् । सवारी ज्यान मात्रै नभई यो लापर्वाहीपूर्ण दुर्घटना भएको उनीहरुले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्