विराटनगरको एक अर्ब क्षति, कागजात जुटाउन मुस्किल

<span class='c1'>विराटनगरको एक अर्ब क्षति,</span> <span class='c2'>कागजात जुटाउन मुस्किल</span>

विराटनगर । गत भर्दौ २४ गते जेनजी नामको आन्दोलनमा भएको आगजनीबाट विराटनगर महानगरपालिकाको मात्रै एक अर्ब हाराहारी क्षति भएको छ । भौतिक संरचना र अन्य जिन्सी सामान समेत जल्दा यो क्षति बेहोर्नु परेको हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ क्षति भएको हो । जसमा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडाको क्षति पर्दछ । त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको छ ।

भौतिक संरचना र जिन्सी सामानको क्षति व्यवस्थापन क्रमशः हुँदै जाने भएपनि महानगरपालिकामा भएका कागजात जलेका छन् । नागरिककै कागजात जलेका कारण त्यसको व्यवस्थापन गर्न भने मुस्किल परिरहेको जनाइएको । ‘घरजग्गा शाखा पूर्ण रुपमा जलेको छ, पूर्वाधार शाखाको कागजात पनि जलेका छन्’ कोइरालाले भने त्यो जुटाउन मुस्किल परिरहेको छ । कागजात नहुँदा नागरिककै काम अड्किएका छन् । भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षति भएको छ । जसले गर्दा महानगरको विकासमा असर पुग्ने निश्चित । मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने बताए ।

महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो । प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखाका कागजात जलेका छन् । प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी गर्दा टेन्टमार्फत जनताका सेवा प्रवाह भइरहेको छ । आगजनी भएपनि तत्कालिन समयमा उपप्रमुख शिल्पा निराला कार्कीले टेन्ट लगाएर भएपनि दैनिक प्रशासन सञ्चालन थालेकी थिइन् । अहिलेसम्म पनि न्यायिक समितिको इजलास टेन्टमै सञ्चालनमा छ । इजलास सोमबार र बुधबार बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्