विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरु तोडफोड गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने, प्रहरीमाथि धम्क्याउने र हुलहुज्जत गर्ने केहि व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मोरङ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कोपिला चुडाँलका अनुसार अहिले म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको छ । प्रहरीले पक्राउ परेकाहरुको विवरण शुक्रबार साँझसम्ममा सार्वजानिक गर्ने जनाएको छ । प्रवक्ता चुडाँलका अनुसार अहिले देशैभर प्रहरी कार्यालयहरु तोडफोड गर्नेहरुलाई पक्राउ गरेर कारवाही चलाउने अभियान नै छ । मोरङमा समेत जिल्लाभर नै प्रहरी कार्यालय तोडफोड गर्नेहरु पक्राउ परिरहेका छन् ।
प्रहरीले बिहीबार र शुक्रबार पक्राउ गरेकाहरुलाई म्याद थप गरेर अनुसन्धान सुरु गर्ने भएको छ । त्यस बाहेक अपराधमा संलग्न पुष्टि हुने व्यक्तिहरु पक्राउ गर्दै कारवाहीको दायरामा ल्याउने भएको छ ।