विराटनगर महानगरपालिकाको राजस्व सन्तोषजनक

<span class='c1'>विराटनगर महानगरपालिकाको</span> <span class='c2'>राजस्व सन्तोषजनक</span>

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिना अवधीमा तीन करोड कम राजस्व संकलन गरेको छ । तर, जेनजी आन्दोलनपछि दैनिक प्रशासन तथा राजस्व संकलनमा अवरोध हुँदाको स्थितिमा पनि निराशाजनक अवस्था भने नरहेको देखिएको हो । चालुवर्षको समिक्षा अवधी (साउन–असोज) मा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको हो । राजस्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार यो अवधीमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज पनि भएका छन् । यसअवधिमा ३ हजार ५५ वटा व्यवसाय नवीकरण भएका थिए ।

जेनजी आन्दोलनका नाममा आगलागी गरेर कार्यालय ध्वस्त भएपछि अहिले टेन्टमा कार्यालय स्थापना गरेर राजस्व संकलन भइरहेको छ । गत आर्थिक वर्षको तीन महिनाको अवधीमा १५ करोड राजस्व संकलन भएको थियो । यो आर्थिक वर्षमा १२ करोड आसपास हुनेलाई पनि सन्तोषजनक नै मानिएको छ ।

राजस्व महाशाखा प्रमुख गौतमका अनुसार आइतबार समाचार तयार पार्दासम्म महानगरको १४ करोड राजस्व संकलन भएको छ । गतवर्ष १७ करोड रुपैँया रहेको थियो । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टमै गरेको छ । जेनजी आन्दोलनका कारण भवनमा क्षति पुगेपछि महानगरले टेन्टभित्रै समीक्षा गोष्ठी सञ्चालन गरेको हो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा महाशाखा प्रमुखहरुले कार्यप्रगति प्रस्तुत गरेका हुन् । कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख संजीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियाले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै सामाजिक विकास महाशाखाकी प्रमुख मञ्जु लोहनी, भण्डारण शाखा प्रमुख अजय साह, विपद तथा वातावरण शाखा र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले पनि आफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्