विराटनगरको बरगाछी दुर्घटना डायरी : छैनन ट्राफिकलाइट–विस्तारै सवारी

<span class='c1'>विराटनगरको बरगाछी दुर्घटना डायरी</span> <span class='c2'>: छैनन ट्राफिकलाइट–विस्तारै सवारी</span>

घटना..........
विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’
विराटनगरको बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी
विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर
बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार
विराटनगर बरगाछीमा दुर्घटना ः मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककुच्युक
राती बिराटनगरको बरगाछीमा भारतीय कार दुर्घटना, चारजनाको अवस्था गम्भीर
दम्पती सवार मोटरसाईकल विराटनगरको बरगाछीमा दुर्घटना, श्रीमतीको मृत्यु
विराटनगको बरगाछीमा भर्खरै सवारी दुर्घटना, एकको घटनास्थलमै मृत्यु

विराटनगर । सञ्चारमाध्यममा दुर्घटनाको केन्द्र बनेर विराटनगरको बरगाछीको समाचार प्रत्यक वर्ष यसरी दोहोरिदै आएको छ । हरेक वर्ष बरगाछीका हुने ठूला दुर्घटनाको रेकर्ड छ । जहाँ दुर्घटनापछि जनधनको क्षति हुने गरेको छ । दुर्घटना मात्रै नभई त्यसपछि अर्को दुर्घटना समेत बरगाछीमै बढी हुने गरेको छ । जस्तै एउटा सवारीले अर्कोलाई ठक्कर दियो, त्यसपछि एकजनाको मृत्यु, अनि आगलागी !
सडक विस्तारले मात्र ट्राफिक जामको समस्या समाधान हुँदोरहेनछ । पहिले विराटनगरको कोशी राजमार्ग अर्थात बरगाछी चौक समेत साँघुरो र अस्तव्यस्त थियो । तर, अहिले चौडा पारेर फराकिलो छ । तर, पनि दुर्घटना त त्यहि बरगाछीमा बढी हुने गरेको छ । सवारी चालक र पैदल यात्रुले ट्राफिक अनुशासन पालना नगरे सडक जति चौडा बनाए पनि दुर्घटना र जामको समस्या हट्दैन भन्ने उदाहरण विराटनगर बनेको छ ।
केहि दिन अगाडी बरगाछीमा सवारी दुर्घटनामा हुँदा सर्लाही हरिपुर १ बस्ने ४५ बर्षिया रोहिता अधिकारीको मृत्यु भएको थियो । भारतीय नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपाने बरगाछीको पछिल्लो दुर्घटना र यात्रुको मृत्युको एउटै कारण ट्राफिक लाइटको अभाव मान्दछन् । उनको तर्कसँग सहमत हुने तथ्य समेत मिल्न जान्छ । तर, त्यस बाहेक सडकको अवस्था समेत दुर्घटनाको अर्को कारण मानिएको छ । कोशी राजमार्गको रानीदेखि ढाटसम्मको सडकको अवस्था हेर्ने हो भने कुनै गतिलो छैन । त्यसमा पनि बरगाछीको अवस्था अझै कमजोर छ ।

त्यसैले यस्ता समाचार वर्षेनी थपिदैछन्
बरगाछीको शालिकमा ट्रक ठोकियो, चालक गम्भीर घाईते (१९ आश्विन २०८०), विराटनगरमा दुर्घटना हुँदा खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु (८ फाल्गुन २०७९) विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर (२७ श्रावण २०७८, बुधबार १९ ) बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार (२३ बैशाख २०७८) विराटनगर बरगाछीमा दुर्घटना ः मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककुच्युक (२३ पुष २०७७ )राती बिराटनगरको बरगाछीमा भारतीय कार दुर्घटना, चारजनाको अबस्था गम्भीर (४ पुष २०७६, शुक्रबार ) दम्पती सवार मोटरसाईकल विराटनगरको बरगाछीमा दुर्घटना, श्रीमतीको मृत्यु (५ पुष २०७५)

प्रहरीको रेखाङकनमा समेत बरगाछी बढी दुर्घटना हुने स्थानमा पर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख न्यौपाने संरचनामा क्षति पु¥याएपछि त्यसको मर्मत गर्ने अवस्था चाँडो बनेको छैन । जसका कारण दुर्घटना हुने जोखिम बढी छ । त्यति मात्रै हैन दुर्घटनापछि पीडक पक्षको पहिचान गर्न समेत असजिलो छ । त्यसले सिसी टिभी र ट्राफिकलाइटको अभावले बढ्दै गएको दुर्घटनाबाट जोखिम सवारी विस्तारै र नियम अनुसार चलाउन न्यौपाने सुझाव दिन्छन् ।

विराटनगरको सवारी आवागमन मिलाउन शहरमा राखिएका ट्राफिक लाइट एकवर्ष पनि नपुग्दै गत भदौ २३ र २४ गतेको आन्दोलनको निशानामा परेका हुन् । कसैलाई एक मिनेट समय होल्ड गर्न आपत परेको सन्कीपनले संरचनामा क्षति पुग्दा त्यसको असर आम नागरिकको सुरक्षामा पुगेको छ । जसका कारण अहिले दुर्घटनाको संख्या बढ्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्ष २०८२÷२०८३ को साउन–कार्तिक तथ्यांक हेर्दा सबैभन्दा धेरै दुर्घटना कार्तिकमा २३८ वटा भएको छ । जसबाट ८ जनाको मृत्यु भएको छ । यसैगरी असोजमा १८० दुर्घटना छ, १२ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ । साउनमा १८४ दुर्घटना छ, ९ जनाको निधन र भदौमा १४६ दुर्घटना हुँदा ९ जनाको निधन भएको छ । यो चौमासिक तथ्यांक हेर्दा कार्तिकमा धेरै दुर्घटना भएको देखिन्छ ।

तर, सडक सुशासनका लागि तयार पारिएको संरचना भत्केको सहर विराटनगरको तथ्यांक हेर्दा ट्राफिक लाइट भत्केपछि यहाँको दुर्घटना बढेको देखिन्छ । जिल्लाभरको वस्तुस्थिति र विराटनगरको वस्तुस्थिति अहिले फरक रहेको छ । कारण, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काकडभिट्टादेखि–लौकहीसम्मको सडक विस्तार भइरहेको छ । विराटनगर–रंगेली सडक खण्डसमेत हुलाकी राजमार्गको रुपमा विस्तार भइरहेको छ । जहाँ निर्माणाधीन स्थिति छ, त्यसले पनि केहि प्रभाव पारेको छ । तर, विराटनगरमा सडक कच्ची नै वा निर्माणाधीन चरणमा नरहेको र बिग्रिएको भनिएको सडकमा पनि कालोपत्रे नै उडवखाडव रहेको छ । यो पनि दुर्घटनाको कारण त हो, तर यसको नियन्त्रण सहज नै रहेको ट्राफिक प्रमुख न्यौपानेको भनाई छ ।

उनका अनुसार जुन सञ्चालनमा रहेका ट्राफिक लाइट छन् ती भएको भए सवारी होल्ड हुन्थे अनि भीड कम हुँदा क्रस पास समेत सहज हुन्थ्यो । भदौ २४ पछि विराटनगरमा मात्रै ८५ वटा दुर्घटना भएका छन् । जसमा दुईजनाको मृत्यु भएको छ । दुर्घटनाबाट २ जना गम्भीर र ७९ जना साधारण घाईते भएको तथ्यांक छ । ट्राफिक प्रमुख न्यौपानेका अनुसार दुर्घटना अधिक संख्या मोटरसाइकको रहेको छ ।
जबकी विराटनगरमा भदौ २४ गते अगाडीको दुर्घटना तथ्यांक न्यून देखिन्छ । साउनमा ३४ दुर्घटना हुँदा भदौमा ५१ दुर्घटना भएको थियो । असोजमा ५१ र कार्तिकमा समेत यसको अनुपात साउन भन्दा बढी देखिएको छ । साउन यता कार्तिकसम्म विराटनगरमा मात्रै पाँचजनाको मृत्यु दुर्घटनाका कारण भएको हो ।

तत्काल नयाँ योजना लिएर आउँछु्
भक्तपुरबाट मोरङमा सरुवा भइआएका नयाँ प्रहरी निरीक्षक न्यौपानले ट्राफिक प्रहरीमै कार्यरत रहेर २८ वर्ष बिताइसकेका छन् । उनी अनुभवी भएका कारण यस अगाडी भक्तपुरमा छँदा समेत उत्कृष्ट कार्य गरे वापत पुरस्कृत भएका थिए । भक्तपुरबाट मोरङ आएका उनले जेनजी आन्दोलनपछिको चुनौती चिर्ने गरी ट्राफिक व्यवस्थापन योजना ल्याउने दावी गरेका छन् । तर, त्यसका कारण ट्राफिक प्रहरीका असजिलोहरु व्यवस्थापन गर्नुपर्ने पनि उनको दायित्व छ । अहिले भाडामा बसेको घरमा जेनजी आन्दोलनका क्रममा तोडफोड भएर सीसा फुटेका छन् । ट्राफिक आइरल्याण्डहरु जलाइएका छन् । सवारी साधनहरु जलाइएका छन् । त्यहि पनि ट्राफिक प्रहरीले सडकमा निस्केर ट्राफिक लाइटले गर्नुपर्ने समेत काम गरिरहेको उनी बताउँछन् । प्रहरी निरीक्षक न्यौपानेले भत्केका संरचना ठ्ड्याउन कुनै निजी क्षेत्रसँग भन्दा पनि महानगरपालिकासँग नै भर पर्ने बताए । उनले अबका १५ दिनपछिदेखि मोरङभर ट्राफिक प्रहरी एक्सन प्लान लिएर सडकमा निस्कने तयारी गरिरहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्