विराटनगर विमानस्थलको टर्मिनल भवन ७३ प्रतिशत निर्माण

<span class='c1'>विराटनगर विमानस्थलको टर्मिनल भवन</span> <span class='c2'>७३ प्रतिशत निर्माण</span>

प्रेम देवान
विराटनगर। विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य तिव्र गतिमा अगाडी बढीरहेको छ । निर्माण कम्पनीका अनुसार हाल सम्म भौतिक प्रगति ७३ प्रतिशत सम्पन्न भएको छ । यसको भुक्तानी ७० प्रतिशत कम्पनीले लिईसकेको छ ।
विराटनगर महानगरपालिका–४ स्थित पुरानो विमानस्थल अगाडी निर्माणाधीन भवनको बि.सं. २०७९ फागुन १ गते शिलन्यास भएको थियो । त्यसबेलादेखि नै भवनको रातदिन निर्माणको कार्य धमाधम भईरहेको छ । केसी डाँफे जेभी निर्माण कम्पनीले २०८२ मंसिर सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेता पनि केही समय लाग्नेदेखिएको छ । करिब २ अर्ब ४२ करोड (भ्याटबाहेक) लागतमा निर्माण कार्य अगाडी बढीरहेको छ ।

केसी डाँफे जेभी निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर रमेश पौडेलका अनुसार दैनिक २ सय बढी कामदारले नयाँ टर्मिनल भवनको निर्माण कार्यमा जुटिरहेका छन् । पौडेलका अनुसार हालसम्म भौतिक प्रगति ७३ प्रतिशत सम्पन्न भएको छ अब बाँकी कामका लागि बढीमा छ महिना लाग्ने अनुमान गरिएको छ ।

विराटनगरको नयाँ टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो मानिएको छ । विराटनगरको टर्मिनल भवन १६ हजार २७७ वर्ग मिटरको रहेको छ । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ भने गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटर मात्र छ । यसको आधारमा पनि विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन देशकै ठूलो मान्न सकिन्छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा बन्न लागेको यस किसिमको संरचनाले पर्यटन व्यावसायीहरुलाई पनि राम्रो राहत मिल्ने विराटनगरका पर्यटन व्यावसायी भविष श्रेष्ठले बताउनुभयो । टर्मिनल भवन संचालनमा आएपछि छिमेकी मुलुक भारत, बङ्गलादेश, भुटान लगायत अन्तरप्रदेश पर्यटकलाई जोड्न सक्ने भएकाले पनि यो कोशी प्रदेशको मात्र नभई देश कै गहना रुपमा रहने पर्यटन व्यावसायी श्रेष्ठको भनाई छ ।

अब बन्न लागेको नयाँ टर्मिनल भवनमा ५ सय ५० यात्रु बस्ने क्षमताको रहने छ भने १७ वटा चेक इन काउन्टर, अति विशिष्ट कक्ष, बालबालिकाको खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार, क्वारेन्टिइन तथा व्यावसायिक विभिन्न पसल तथा कक्ष रहनेछन् । साथै तीनतले सो भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार नयाँ टर्मिनल भवन आगामी नयाँ बर्ष २०८३ बैसाखबाट संचालनमा आउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्