सुनसरीबाट तस्करी, विराटनगर बरगाछीको पसलबाट बिक्री

<span class='c1'>सुनसरीबाट तस्करी, विराटनगर</span> <span class='c2'>बरगाछीको पसलबाट बिक्री</span>

विराटनगर । सीमापार भारतबाट सुनसरीको बर्जु हुँदै कपडाका सामान भित्र्याएर विराटनगर बरगाछीमा भएको पसलबाट बिक्री गर्दै आएका व्यापारी बब्बु अग्रवालको घरपसलमा मंगलबा प्रहरीले छापा हानेको छ । उनले काठमाण्डौं पठाउन लागेको कपडा विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएपछि उनको घरपसलमा समते छापा हानिएको हो ।

अग्रवालको पसलमा यो पहिलो छापा भने हैन । हरेक वर्ष जाडो सुरु भएपछि प्रहरीले छापा हान्छ । यस अगाडी उनको कपडा विमनस्थलबाट लैजादै गर्दा पनि पक्राउ परेको थियो । यस पटक समेत विमानमार्फत काठमाण्डौं पठाउन लागेको कपडा बरामद गरिएपछि घरको पसलमा छापा हानिएको हो । मंगलबार जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको विशेष टोलीले विराटनगर एयरपोर्ट र बब्लु अग्रवालको घरपसलमा छापा हानेको थियो । जहाँबाट जाडो मौसममा लगाउने कुर्ता–सुरुवाल नियन्त्रणमा परेको छ ।

अग्रवालले काठमाडौं पठाउन लागेका दुईवटा बोरामा जाँच गर्दा ८९ थान कुर्ता सुरुवाल बरामद भएको हो । त्यसपछि विराटनगर–४, गणेशचोकस्थित अग्रवालको निवास तथा गोदाममा छापा हानेर ४५ थान उन्यू ब्राण्डका कपडा बरामद गरेको थियो । अग्रवालको तस्करीको कारोबार आजको हैन । उनी पुरानै कारोबारी मानिन्छन् । प्रहरीसँगको सेटिङमै उनले विगतमा कारोबार गर्दै आएका थिए । तर, उनको कारोबारमा क्यारिङ गर्नेहरुले ल्याएका कपडा हुन्छन् । उनी आफैंले खरिद गरेर पनि क्यारिङ गराउने गरेका छन् ।

बब्बुले भन्सारबाट ल्याएका कपडा र क्यारिङका कपडा एकै ब्राण्डका हुने गरेका छन् । अनि भन्सारबाट ल्याएको देखाएर बील काट्छन् र तस्करीको कपडा काठमाण्डौंसम्म सप्लाई गर्दै आएका छन् । विराटनगर–५ स्थित उनको पसल ‘माँ दुर्गा इम्पेरियल’ र विराटनगर ४ गणेशचौकमा उनको घर रहेको छ । बरगाटीमै बब्बुका दुईवटा पसल रहेका छन् । त्यस बाहेक उनको गोदाम समेत पसल भन्दा बाहिर छुट्टै रहेको बुझिएको छ ।

प्रहरीले विमानस्थलबाट कपडा बरामद गरेर घरतर्फ लागेपछि अग्रवाल भागेका छन् । विमानस्थलबाट प्रहरी हिडेपछि उनलाई त्यहिंबाट सूचना दिइएको बुझिएको छ । प्रहरीले तस्करीका कपडा ओसारपसारमा प्रयोग हुने एउटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद कपडाका सम्बन्धमा थप अनुसन्धान गर्ने जनाएको छ । रानीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाई पनि अहिले तस्करीको नाका सुनसरीतर्फ केन्द्रीत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्